ललितपुर क्षेत्र नम्बर तीनमा एमाले उम्मेदवार अमृत खड्काले ९३६ मत ल्याएर अग्रता कायमै राखेका छन्। गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले पछाडि पारेकी छन्।

स्वतन्त्रकी तोसिमाले ८७५ मत ल्याउँदा माओवादीकी भुसालले ७ सय ७५ मत प्राप्त गरेकी छिन्।
पहिलो नम्बरमा एमालेका उम्मेदवार खड्काले सुरुवातदेखि नै लिड गरिरहेका छन्। तर, दोस्रो स्थानका लागि भुसाल र कार्कीबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ।
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्