कोहलपुर ः बाँके क्षेत्र नम्बर १ र २ मा मतगणना सुरु सुरु भएको छ । निर्वाचन अधिकृत यामप्रसाद बाँस्कोटाका अनुसार बाँके १ को मतगणना सुरु भएको हो । मतगणना सुरु गर्नको लागि सर्व दलीय बैठक बसेर मगतणना सुरु गरिएको उनले बताए । यस क्षेत्रमा तीन पालिका रहेका छन् ।
एउटा मतदान केन्द्रको मतगणना सकिएपछि प्रारम्भिक मतगणना सार्वजनिक गरिने उनको भनाइ छ । यस क्षेत्रमा १ लाख २१ हजार १ सय मतदाता थिए । ती मध्ये ८१ हजार मत खसेको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ को मतगणना शुरु भएको हो । यस्तै क्षेत्र नम्बर २ मा पनि मतगणना सुरु गरिएको छ । तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा यस अघि बाँके क्षेत्र नम्बर ३ मा मतगणना सुरु भइसकेको छ ।
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्