27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

धनकुटाको—९ बेलहारामा शंकास्पद वस्तु भेटियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९  

धनकुटा — धनकुटा नगरपालिका ९ बेलहारामा शंकास्पद वस्तु भेटिएको छ । डल्लो वस्तुमा तार बेरिएको देखिएपछि प्रहरीले सुरक्षा सतर्कता कायम गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

त्यहाँस्थित अस्थायी प्रहरी चौकीबाट करिब डेढ किलोमिटरको दूरीमा उक्त वस्तु फेला परेको हो । घटनास्थलमा नेपाली सेनाको डिस्पोजल टोली प्रस्थान गरेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । निर्वाचनलाई प्रभावित पार्न उक्त वस्तु राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९     1:04:22 PM  |