27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

विद्यार्थी नेता चेतन अएडीको मृत्युपछि मार्तडी बजार तनावग्रस्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९  

काठमाडौं ।

आइतबार बाजुराको त्रिवेणी- ७ मा मतदानका क्रममा उत्पन्न विवादका कारण दुई जनाको मृत्यु भएपछि बाजुरा सदरमुकाम मार्तडी अहिले तनावग्रस्त भएको छ।

त्रिवेणी- ७ को नाटेश्वरी बुथ केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच झडप हुँदा मतदानका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अएडीको मृत्यु भएको थियो।

सोही विवादलाई लिएर कांग्रेस कार्यकर्ताले राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका-८ का चेतन अएडीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ। उनको अछामस्थित बयालपाटा अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।

एमालेको विद्यार्थी नेताका कुटपिट गरेर हत्याभएसँगै सदरमुकाम थप अशान्त बनेको छ। मार्तडीमा एमालेका पक्षका कार्यकर्ताले नाराबाजी र टायर बालेर विरोद्ध प्रदर्शन गरिरहेको स्थानीय गणेश धामीले बताए।

प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९     11:20:51 AM  |