कञ्चनपुर ।
कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनामा ढिलाइ भएको छ । सर्व पक्षीय बैठक बस्न ढिलाइ भएसँगै मत गणनामा ढिलाइ भएको हो ।
तीनवटै क्षेत्रमा ११ बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ । कञ्चनपुर क्षेत्र नम्बर ३ मा बिहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनिएको थियो । तर, सर्वपक्षीय बैठकमा ढिलाइ भएसँगै ११ बजेदेखि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ मा पनि ११ बजेबाट सुरु गर्ने तयारी गरिएको छ । सर्व पक्षीय बैठकमा मत गणनाबारे सहमति जुटाउने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै क्षेत्र नम्बर १ को पनि मत गणनाको तयारी भइरहेको छ । क्षेत्र नम्बर १ मा पनि ११ बजेबाट मतगणना सुरु गर्नेगरी तयारी भइरहेको हो ।
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्