कोहलपुर: बाँकेको क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । खजुरास्थित कपास विकास समितिको हलमा बिहान साढें ८ बजेबाट मतगणना सुरु भएको हो । निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार गणनाको सुरुवातमा बैजनाथ गाउँपालिका वडा नम्बर २ को मतपेटिका खोलिएको छ ।
मतगणना स्थलमा सुरक्षाकर्मी, उम्मेदवार, उम्मेदवारका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको छ । उक्त क्षेत्रमा नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंर चुनाव लडेकाले निकै महत्वका साथ हेरिएको छ । यहाँ काँग्रेस नेता राठौंर र एमालेका किस्मतकुमार कक्षपतिबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
क्षेत्र नम्बर २ मा मतगणनाका लागि भर्खरै सर्बदलिय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएसँगै मतगणना गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए । स्थानीय भेरी प्राविधिक शिक्षालयमा मत गणना स्थल राखिएको छ ।
यसैगरी क्षेत्र नम्बर १ मा मत गणना गर्नका लागि अझै सर्बदलिय बैठक बसेको छैन । बैठक बस्ने तयारी भइरहेको निर्वाचन अधिकृत यामनारायण बासकोटाले जानकारी दिए । केहीबेरपछि सर्बदलिय बैठक डाकिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्