21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

बैतडीमा प्रहरी सवार जिप दुर्घटना, ५ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९  

बैतडी  :  बैतडीमा प्रहरी सवार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दशरथचन्द राजमार्गमा पर्ने पाटन(४ स्थित थूम भन्ने स्थानमा आज बिहान ७ बजेतिर से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घटनास्थलमा रहेकाका वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्छले जानकारी दिए। उनीहरु प्रहरी वा अन्य हुन् एकिन भइसकेको छैन। थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९     9:44:43 AM  |