प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन : बाँकेमा कतै उत्साह, कतै निराशा



शुभाकर विश्वकर्मा,कोहलपुर, ४ मंसीर
कोहलपुर–१० स्थित त्रिभुवन माध्यमिक विद्यालयमा निर्माण गरिएको मतदान केन्द्रमा रिपोर्टिङका लागि जाँदा केही पसल खुल्ला थिए । वरिपरिका पसल बन्दै थिए । अरु पसल बन्द छन् तपाईंले किन खोल्नु भयो त ?, ‘मतदान गरेर मात्र खान पुग्दैन । भोटभन्दा भोको पेटको प्यार धेरै छ ।’ अरुबेला व्यस्त हुने सडक खाली थियो । मतदाता नामावलीमा उनको नाम छ । तर उनीमा मतदान गर्ने उत्साह भने थिएन ।
उनी मात्र होइन, मतदातामा स्थानीय तहको जस्तो उत्साह थिएन । कतिपय मतदाता मतदान केन्द्रसम्म पुगेनन् । पुगेकामा पनि उत्साह देखिँदैन थियो । नेपालगन्ज–१८ का रिजवान खानले खासै उत्साह नदेखिएको बताए । ‘स्थानीय तहको निर्वाचनका बेला मतदाताको लाइन ठूलो थियो । यतिबेला खासै छैन,’ उनले भने । साँझपखसम्म पनि घरको काममा व्यस्त सत्यदेवी नेपालीले भोट खसाल्नुभन्दा पनि घरको काम प्यारो भएको बताइन् । उनले ठूला भनिएका दल र नेताहरुले जनताको पक्षमा राम्रोसँग काम गर्न नसकेकोले आफूलाई भोट हाल्न जाने उत्साह नभएको सुनाइन् । उनको मतदाता नामावलीमा नाम छ । तर भोट हाल्न मन छैन ।


नेपालगन्ज र कोहलपुरका मतदाता दलका प्रतिनिधिहरुसँग कुराकानी गर्दा स्थानीय तह निर्वाचनको भन्दा उत्साह नदेखिएको प्रतिक्रिया दिए । निर्वाचन सम्पन्न गराउन खटिएका सरकारी अधिकारीसमेत यसपटक मतदानमा मतदाताको पहिलोभन्दा कम उत्साह भएको स्वीकार्छन् । मतदानस्थलमा मतदाताहरुको उत्साहजनक सहभागिता नभए पनि केही मतदातामा भने उत्साह देखिएको छ । उत्साहित मतदातामध्येका एक हुन्, कोहलपुर–१२ चप्परगौडीका दयाराम अधिकारी, खोलीकोटका लंक खत्री ।

पेसाले उनी कपडा व्यवसायी हुन् । अधिकारीले आफूले व्यवसाय नै बन्द गरेर मतदान गर्न आएको बताए । पत्रकार रुपन ज्ञवाली आइतबार दिनभरि बाँकेका २० मतदानस्थल पुगे । उक्त अवसरमा उनले मतदानमा मतदानप्रत्रि मिश्रित उत्साह भएको पाए । राप्तीसोनारी र नरैनापुरमा समेत शान्तिपूर्णरुपमा मतदान सकिएको स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुगेका पत्रकारले जनाएका छन् । यस क्षेत्रका निर्वाचन अधिकृत यामप्रसाद बाँस्कोटाका अनुसार अनुमान गरेभन्दा पनि कम मत खसेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए । उनका अनुसार बाँकेमा ६२ प्रतिशत मत खसेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार