23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

बाँके १ ः ५० प्रतिशत मत खस्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९  

कोहलपुर: बाँके क्षेत्र नम्बर १ मा ५० प्रतिशत मत खसेको छ । विहान सात बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म कूल ५० प्रतिशत मत खसेको हो ।

निर्वाचन अधिकृत याम प्रसाद बाँस्कोटाका अनुसार स्थानीय तहको भन्दा मत कम खस्ने आंकलन गरिएको छ ।

उनले मतदान प्रक्रिया सकिएपछि मतपेटिका मतगणना स्थलमा आएपछि मतगणना सुरु हुने उनले बताएका छन् ।

राप्ती सोनारी गाउँपालिकाको कार्यालयमा मतगणना हुनेछ । यस क्षेत्रमा १ लाख २१ हजार मतदाता रहेका छन् ।

प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९     4:04:12 PM  |