सुर्खेत : जारी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णालीका ३४८ जना कैदीबन्दीले मतदान गरेका छन् । आइतबार कैदीबन्दीले प्रतिनिधिसभातर्फको समानुपातिकमा मतदान गरेका हुन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार सुर्खेतमा १ सय १, डोल्पामा १४, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालीकोटमा २३, सल्यानमा १८, जुम्लामा १४ र हुम्लामा १७ कैदीबन्दी मतदानमा सहभागी भएका हुन् ।
प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्