मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९
कोहलपुर : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा बाँकेमा दिउँसो साढे २ बजेसम्म ४५ प्रतिशत मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदानमा अहिलेसम्म कूल ४५ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत धनसिंह महराका अनुसार हालसम्म बाँकेमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । बाँकेमाा ३ लाख ३२ हजार मतदाता रहेका छन् ।
तीन प्रतिनिधि सभा र ६ प्रदेश सभा क्षेत्र रहेको बाँकेमा ९ जना उम्मेदवारलाई मतदाताले प्रतिनिधिको रुपमा चुन्नेछन् ।