21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

मतदाताको रुपमा नेता र उम्मेदवार (फोटो फिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९  

काठमाण्डौ – देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । मुख्य दलका शीर्ष नेता, अरु नेता र उम्मेदवारहरुले पनि आआफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । मतदान गरिसकेपछि पत्रकारसँगको कुराकानीमा सबै दलका नेता र उम्मेदवारले आफू र आफ्नै पार्टीको जित हुने दावी गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै जन्मथलो डडेल्धुरा गन्यापधुरा गाउपालिका- १ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएकाे छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गर्नुभएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भरतपुर महानगरपालिका १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा मतदान गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

 

 


नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । रौटहट क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहनुभएका उहाँले गौर नगरपालिका–२ स्थित रामजानकी आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सूर्योदय नगरपालिका–९ स्थित राष्ट्रिय आधारभुत विद्यालयमा मतदान गर्नुहुँदै ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. शेखर कोइराला आदर्श माध्यमिक विद्यालय विराटनगर–७ स्थित मतदान स्थलको ‘ख’ केन्द्रमा मतदान गर्नुहुँदै ।

नेकपा (एमाले) का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले वुटवल–८ स्थित सडक डिभिजन कम्पाण्डमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुँदै ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ को रुरु गाउँपालिका ४ बम्घानी निमावि चौतारा केन्द्रबाट मतदान गर्नुहुँदै ।

नेकपा (एमाले) का केन्द्रीय सचिव रघुवीर महासेठले जनकपुरधाम उपमहानगरपालिका–९ मा रहेकोे सहृदय पुस्तकालयमा मतदान गर्नुहुँदै ।

इस्मा गाउँपालिका -४ स्थित रामराज्य उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्दै नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोकर्ण विष्ट ।

ललितपुर क्षेत्र नम्बर ३ स्थित राजतीर्थ मतदान केन्द्रमा मतदान गर्दै यही क्षेत्रका उम्मेदवार एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल ।

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ मा रहेकोे राजेश्वर निधि माविमा मतदान गर्नुहुँदै ।

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विना मगर कञ्चनपुरको पुर्नवास नगरपालिका–३ रामबस्तीमा रहेको गोर्खा आधारभूत विद्यालयमा मतदान गर्नुहुँदै ।

जनजागृति माध्यमिक विधालय मतदान केन्द्रमा मदतान गर्दै नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारी ।

गुल्मीको मदाने-४ म्यालपोखरीको मेहलेपोखरी माविको मतदान केन्द्रबाट मतदान गर्दै पूर्वमन्त्री रामकुमारी झाँक्री ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट क्याम्पसको मतदान केन्द्रमा मतदान गर्दै तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार शंकर भण्डारी ।

नेकपा एमालेका उपाध्यक्ष तथा चितवन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे राप्ती नगरपालिका ५ स्थित भण्डारा मावी केन्द्रबाट मतदान गर्नुहुँदै ।

नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाण्डाै क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गर्नुभएकाे छ ।

प्रकाशमान श्रेष्ठ नेपाल युवक मावि स्थित मतदान केन्द्रमा मतदान गर्दै ।

तनहुँको भिमाद नगरपालिका–९ स्थित भिमाद सामुदायिक भवन मतदान केन्द्रबाट आइतबार मतदान गर्दै नेकपा (एमाले)का तर्फबाट तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ स्थित राष्ट्रिय शमसेर माध्यमिक विद्यालय मतदानस्थलमा मतदान गर्नुहुँदै ।

काठमाण्डाै क्षेत्र नम्बर ३ स्थित चावहिल महाकाल मतदान केन्द्रमा मतदान गर्दै रवि लामिछाने ।

 

नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङ मेलम्ची ११ को जागेश्वरी आधारभुत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्दै ।

पूर्वमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सचिव लेखराज भट्ट कैलालीको क्षेत्र नम्बर ४ मा मतदान गर्नुहुँदै ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित– ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गर्नुहुँदै ।

नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा रहेको मतदान स्थलमा मतदान गर्दै काठमाडौँ क्षेत्र नम्बर ७ का उम्मेदवार मानुषि यमि भट्टराई ।

ललितपुर महानगरपालिका वडा नम्बर १८ स्थित रत्नज्योति परिवार महिला भवनमा मतदानका लागि पुग्नु भएकी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार डा.तोसिमा कार्की ।

प्रदेश नम्बर १ का पूर्वमुख्यमन्त्री तथा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राई भोजपुरको दक्षिण शिक्षाज्योति आधारभूत विद्यालय आमचोक मतदान केन्द्रमा मतदान गर्नुहुँदै ।

तस्बिर : रासस

प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९     1:34:33 PM  |