21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

सिन्धुपाल्चोकमा किरियापुत्रीले गरे मतदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९  

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ मा किरियापुत्रीले मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । आमाको किरिया बसेका चुर्णप्रसाद श्रेष्ठ, कमल श्रेष्ठ, मानबहादुर श्रेष्ठ, पूर्णप्रसाद श्रेष्ठले मतदान गरेका हुन् ।

उनीहरुले कालिकादेवि मावि मतदान केन्द्रमा पुगि भोट दिएका छन् । आमाको मृत्यको शोकमा उनीहरु ३ दिनदेखि किरिया बसेका छन् । स्पष्ट भिजन र मिसन भएको नेतृत्वलाई जिताउनका लागि आफूहरु दुखको घडीमा पनि मतदान गर्न आएको उनीहरुले बताए ।

कमल श्रेष्ठले भने, ‘सही नेतृत्व चयन गर्नका लागि हामी दुखको घडीमा पनि मतदान गर्न आएका हौं ।’ चुर्णप्रसाद श्रेष्ठले मतको महत्व बुझेर आफू मतदानमा सहभागी भएको बताए ।

उनीहरुका लागि परम्परा अनुसार कसैलाई नछोई मतदान गर्ने वातावरण मिलाइएको थियो ।

प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९     1:15:23 PM  |