20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९  

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो ।

बिहान करिब सवा ११ बजे पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९     12:26:44 PM  |