बाँकेका मुख्य निर्वाचन अधिकृत भन्छन् : अहिलेसम्म एक बुधमा ३ सय बढीले गरे मतदान



कोहलपुर: बाँकेमा उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान हाल सम्म शान्तिपूर्ण तथा उत्साहपूर्ण मतदान भइरहेको बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले बताएका छन् । उनका अनुसार अहिलेसम्मको रिपोर्ट अनुसार एक बुथमा सरदर तीन सय जनाले भोट हालेको छन् ।

विहानदेखि मतदाताहरु सक्रिय रुपमा सहभागी भइरहेको उनको भनाइ । अब दिउँसोबाट भोट हाल्न आउने बढ्ने अनुमान गरिएको बताए । अहिलेसम्म कोहलपुर १० स्थित त्रिभुवन माध्यमिक विद्यालय मतदान केन्द्रमा केही विवाद भएको र २९ जनाले फेरि हाल्ने सहमतिमा भएको पनि उनले बताए । बाँकेमा ३ लाख ३२ हजार मतदाता छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार