दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक–७ श्रीगैंस्थित सल्यान रोडमा बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ । बालुवाको बोरामा ‘खतरा’ लेखेर शंकास्पद वस्तु देखिएको हो । साथै तारहरु पनि देखिन्छन् ।
उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले डिस्पोज गर्न लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए । यो ठाउँ तुलसीपुर बजारदेखि करिब २ किलोमिटर उत्तरतर्फ पर्छ ।
स्थानीयले विहान ७ बजेदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार बिहान पनि घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ विजौरी र हेमन्तपुरको सिमाना नजिकै बम भेटिएको थियो ।
उक्त बम नेपाली सेनाको टोलीले विहान साढे ९ बज डिस्पोज गरेको थियो । शनिबार पनि दाङमा दुई ठाउँमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।
प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्