मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९
कोहलपुर : प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनाव अहिले भइरहेको छ।
प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुँदैछ।
चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्।
मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ। यसैबीच अपांगता भएका व्यक्तिहरूले पनि मतदान गरेका छन्। अशक्तहरूलाई सहयोगका लागि पनि व्यक्तिहरू खटिएका छन्।
आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहनेछ। बाँकेको क्षेत्र नम्बर १ अन्तर्गत कोहलपुर क्षेत्रका विभिन्न मतदान केन्द्रमा अपांगता भएका व्यक्तिहरुले पनि मतदान गरेका छन् । तस्बिरहरू :