20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

बाँके १ मा उत्साहपूर्ण रुपमा मतदान जारी (फोटोफिचर)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९  

कोहलपुर:  बाँके क्षेत्र नम्बर अन्तर्गत कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा विहान ७ बजेदेखि मतदान सुरु भएको छ । जिल्लाको सबै भन्दा ठूलो निर्वाचन क्षेत्रका रुपमा रहेको बाँके १ अन्तर्गत कोहलपुरका विभिन्न मतदान केन्द्रमा सौहार्दपूर्ण वातावरण मतदान भइरहेको हो ।

बाँके १ बाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पिपिरी मतदान केन्द्रमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार महेश्वर जंग गहतराज अथकले मतदान गरे ।

यस्तै कोहलपुर १२ स्थित ज्ञान ज्योति उच्च माविको मतदान केन्द्रमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्य प्रसाद ढकालले मतदान गरेका छन् ।

यस क्षेत्रमा मतदाताहरु उत्साहपूर्ण रुपमा मतदान प्रक्रियामा सहभागी भइरहेका छन् । अहिलेसम्म ९४ वर्षीयदेखि सुत्केरी र अपांगता भएका व्यक्तिहरुले मतदान गरेका छन् । यस क्षेत्रमा १ लाख २१ हजार मतदाता छन् ।

 

प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९     10:36:56 AM  |