मिसन संवाददाता, नेपालगन्ज, ४ मंसिर
बाँकेमा चर्चित नेताहरुले मतदान गरेका छन् । युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार महेश्वरजंग गहतराज अथकले कोहलपुर ९ पिपरी मतदान केन्द्रबाट मतदान गरेका छन् । मन्त्री गहतराजले संविधानको रक्षा र स्थायित्वका लागि मतदान गरेको बताउँदै आगामी पाँच वर्षसम्म संसद भंग नहुने विश्वास व्यक्त गरे ।
निवर्तमान मन्त्री एवं क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इश्तियाक राईले नेपालगन्ज वडा नम्बर १५ स्थित हनुमान आधारभुत विद्यालय मतदान स्थलबाट मतदान गरेका छन् ।
उनले फेसबुकमा मतदान गरेको तस्बिर पोष्ट गर्दै लेखेका छन्, ॅलोकतन्त्रको एउटा महाकुम्भमा सहभागी भएर मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु । सम्पूणर् आदरणीय मतदाता आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुलाई लोकतन्त्रको यो सुन्दर महापर्वमा सहभागी भएर विवेकपूणर् मतदान गर्न अपिल गर्दछु ।’
कोहलपुर १२ स्थित ज्ञान ज्योति उच्च माविको मतदान केन्द्रमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुर्य प्रसाद ढकालले मतदान गरेका छन् ।
यसैगरी राप्रपाका महामन्त्री एवं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदार डा। धवलशमशेर राणाले नेपालगन्ज वडा नम्बर १० वन कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । काग्रेसका बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा उम्मेदवार सुदीपनरसिंह राणाले नेपालगन्ज वडा नम्बर ७ स्थित महेन्द्र माविबाट मतदान गरेका छन् ।
क्षेत्र नम्बर १ बाट एमालेका प्रतिनिधि सभाका उम्मेदवार सूर्य कनेहलपुर १२ स्थित ज्ञानज्योति मावि केन्द्रमा मतदान गरेका छन् ।
यसैगरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार दिवाकर खनालले नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
बाँके निर्वाचन क्षेत्र न १ क कि लुम्बिनी प्रदेश सभाकी उम्मेदवार कृष्णा केसी नमुनाले राप्तीसोनारी ९ स्थित जनता मा वि मतदान केन्द्रबाट पहिलो मतदान गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्