मिसन संवाददाता नेपालगन्ज, ४ मंसिर
नेपालगन्जमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मतदान शान्तिपूणर्रुपमा चलिरहेको छ । स्थानीय तहको निर्वाचनजस्तो बिहानैदेखि भिडभाड नदेखिएपनि उत्साहपूणर् रुपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भएको बताइन् ।
साँझ पाँच बजेसम्मै मतदान गर्ने समय भएकोले पनि मतदाताहरु बिहानै बाहिर ननिस्किएको हुनसक्ने अधिकारीहरु बताउँछन् ।
लाइनमा एकदमै कम मतदाताहरु लागिरहेका छन् । मतपत्र पनि चारवटा भएकोले मतदान गर्न सजिलो भएको मतदाताहरुको प्रतिक्रिया छ ।
सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले मतदान स्थल, निर्वाचन अधिकृतको कार्यालय, मतगणनास्थलको सुरक्षा गरिरहेको छ भने सशस्त्र प्रहरीले सडक तथा चोकहरुमा पहरा दिइरहेको छ । नेपाली सेनाको टोलीले गस्ती गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्