21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

बाँसगढीमा भरुवा बन्दुसहित तीन जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९  

मधुर पौडेल,बाँसगढी : बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर २ राँझा गाउँमा भरुवा बन्दुक सहित ३ जना व्यक्ति पक्राउ परेका छन् । उनीहरुले नेपाली सेना र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँसगडी नगरपालिका वडा नम्बर २ का रत्नबहादुर राना एक नाल भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

सोही वडामा बस्ने ६२ वर्षका श्री मल्ल रतुवाको खुर, बारबोर बन्दुक नालायन १, गन्दक १० ग्राम ह ३ वटा,जरायोको सिंहसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यस्तै सोही ठाउँकी ५५ वर्षीया लालमाया पुन रहेको प्रहरीको भनाइ छ । उनीहरुलाई बर्दिया राष्टिय निकुञ्जमा बुझाइएको सूचना अधिकारी हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

 

प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९     10:05:05 AM  |