13 July 2024  |   शनिबार, असार ३०, २०८१

नेशनल प्याब्सन कोहलपुरको अधिवेशन सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९  

मिसन संवाददाता कोहलपुर, १ मंसीर
नेशनल प्याब्सन कोहलपुरको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ । एक औपचारिक समारोहका बीच नेशनल प्याब्सन कोहलपुरको तेस्रो नगर अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले विष्णुप्रसाद केसीको अध्यक्षतामा पाँच सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

कार्यसमितिको सचिवमा पूर्ण घले, कोषाध्यक्षमा ज्ञानेन्द्र आचार्य चयन भएका छन् । कार्यसमितिको सदस्यमा महेन्द्र कार्कीलाई चयन गरिएको छ । अध्यक्ष केसीले थप एकजना सदस्य पछि चयन गरिने बताए ।

नेशनल प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष कुवेर बस्नेतको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । उक्त अवसरमा बोल्दै शिक्षामा संस्थागत विद्यालयहरुको हकहितका लागि संगठित भएको बताएका थिए ।

नेशनल प्याब्सन कोहलपुरका निवर्तमान अध्यक्ष बेगप्रकाश चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो । नेशनल प्याब्सन लुम्बिनी प्रदेशका सहसचिव गोविन्द चौधरी, सहकोषाधयक्ष कमल पछाइ, नेशनल प्याब्सन बाँकेका जिल्ला अध्यक्ष श्याम कुँवर प्रथम उपाध्यक्ष किशोरराज मल्ल, उपाध्यक्ष चिरञ्जीवी चन्द, प्रदेश सदस्य शिवप्रसाद डाँगीलगायतले बोलेका थिए ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९     9:28:25 AM  |