वीरेन्द्र जैसी । नेपालगन्ज
नेपालगन्ज १० कोरियनपुरमा बम विष्फोट भएको छ । स्वास्थ्य कार्यालय बाँके नजिकै राती करिब ८ बजेतिर बम विष्फोट बम विष्फोट भएको हो ।
स्थानीयका अनुसार विप्लव नेतृत्वको समूहका कार्यकर्ताहरुले बम बनाइरहेको अवस्थामा विष्फोट भएको हो ।
सुरुमा ग्याँस विष्फोट भएको आशंका गरिएपनि घटनापछि प्रहरी पुग्दा बम विष्फोट भएको पुष्टि भएको हो । घटनामा बम बनाउन संलग्न सल्यान थारमारेका डिल्लीबहादुर डिसी घाइते भएका छन् ।
स्थानीय श्रीकला मल्लको घरमा भाडामा बस्दै आएका विप्लवका कार्यकर्ताहरुले बम बनाइरहेको बेला विष्फोट भएको आशंका गरिएको छ ।
निर्वाचनका बेला भएको विष्फोटको घटनाले बाँकेमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ भने स्थानीवासीहरु आतंकित बनेका छन् ।
प्रकाशित मिति : २०७९ कात्तिक ३० गते बुधबार
प्रतिक्रिया दिनुहोस्