नरैनापुर र राप्तीसाेनारिका मतदाता भन्छन्, नमुनाको जित सुनिश्चित भईसक्याे



णबाँके
राप्तिसाेनारि र नरैनापुरवासीले बाँके क्षेत्र नम्बर १ (क) की उम्मेदवार कृष्णा केसी नमुनाको जित सुनिश्चित भएको बताएका छन् ।

मंसीर ४ गते हुने निर्वाचनमा घरदैलो अभियानमा रहेकी नमुनालाई जिताउन यहाँका जनता एकजुट भएर लागेका छन् ।नरैनापुरको विकासका लागि नमुनाबाहेक अरु उम्मेदवार योग्य र सक्षम नभएको उनीहरुको भनाइ छ ।

नमुनाले जनप्रतिनिधि हुँदा र नहुँदादेखि नरैनापुर, राप्तीसोनारीलगायत जिल्लाको समृद्धिका लागि महŒवपूणर् भूमिका निर्वाह गरेको यहाँका मतदाताको भनाइ छ । अन्धकार रहेको राप्तीपारिलाई विद्युतीकरण गर्न र राप्तीपारिलाई जिल्ला सदरमुकाम नेपालगन्जसँग सडक सञ्जालले जोड्न उनले अगुवाइ गरेकी थिइन् ।

‘नमुना मर्दादेखि पर्दासम्म हामी जनताकै साथमा हुनुहुन्छ,’ नरैनापुरका असिज खाँले भने, ‘अरु उम्मेदवार चुनावमा भोट माग्न मात्र आउँछन् । चुनाव सकिएपछि कहिलै गाउँमा फर्किँदैनन् । तर नमुना दुःख पीडा हुँदा र खुसी हुँदा जनताकै साथमा हुनुहुन्छ ।’
विकासवादी नेतृलाई हामीले चुनावमा जिताउनै पर्ने यहाँका मतदाताले जनाएका छन् ।

नमुनाले यसपालिको चुनाव नजिते पुनः राप्तीपारि पछाडि पर्ने उनीहरु बताउँछन् । राप्तीपारिको समृद्धि र विकासका लागि यसपालि नमुनाको विकल्प अरु नभएको यहाँका मतदाताको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक ३० गते बुधबार