नबिल बैंक कोहलपुर शाखामा आगलागी, महत्वपूर्ण कागजात जले



कोहलपुर : नबिल बैंक कोहलपुर शाखामा आगलागी भएको छ। शाखा रहेको घरमा विहान ५ बजेतिर विद्युत सट भएर आगलागी भएको हो ।

आगलागीबाट बैंकका महत्वपूर्ण कागजात जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बुधबार विहान आगलागी भएको हो ।

डिएसपी ऐनबहादुर मल्लले आगलागीबाट भौतिक क्षेती भएपनि मानवीय क्षति नभएको बताए ।

उनका अनुसार महत्वपूर्ण कागजातका साथै कम्प्युटर र फर्निचर जलेका छन् ।


अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक ३० गते बुधबार