पिछडिएको समुदायलाई मुल प्रवाहमा ल्याउन मेरो उम्मेदवारी



मेरो उम्मेदवारी यहाँको आदीवासी, जनजाति, पिछडिएको वर्गको अधिकार र उत्थानका लागि हो । यहाँ थुपै्र पार्टी जितेको र विकास निर्माणको काम जनअपेक्षाअनुसार हुन नसकेको अवस्थामा जनताबाट निर्वाचित भएर संसद्मा गएर यहाँको विकासमा छलाङ मार्नलाई हो ।

रामकुमार यादव,जनता समाजवादी पार्टी, प्रतिनिधिसभा

अहिले यस क्षेत्रमा जे जति विकास भएको हाम्रो पार्टीका मन्त्रीका कारण भएको छ । कोहलपुर बसपार्क, हाइमास्ट लाइट र पुलहरु हामीले बनाएको हो । यस क्षेत्रमा जसपा जित्छ । जनताले जिताउँछन् । शिक्षा क्षेत्रको विकृति अन्त्य गर्ने मेरो उम्मेदवारी हो । मेरो चुनावी एजेण्डा सबै क्षेत्रमा पहिचान स्थापित गर्ने हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार