मेरो निर्वाचनमा तीन पालिका छन् । नरैनापुरलाई विकासको मूलधारमा ल्याउन मेरो उम्मेदवारी हो । राप्तीसोनारीमा रहेको कटान र डुबानलगायतका समस्याको दीर्घकालीन समाधानका लागि मेरो उम्मेदवारी हो । कोहलपुर पश्चिम क्षेत्रको विकासको केन्द्र र विकसित सहर बनाउने मेरो लक्ष्य छ । यहाँको शिक्षा स्वास्थ्य, रोजगार र पूर्वाधार विकास मेरा प्रमुख चुनावी एजेण्डा हुन् । यहाँको विकासका लागि लगानी भिœयाउने पनि मेरो एजेण्डा छ ।

सूर्य ढकाल, नेकपा एमाले, प्रतिनिधि सभा बाँके १
पुल निर्माण, विकासका पूर्वाधार निर्माण र समृद्ध तथा विकसित निर्वाचन क्षेत्र बनाउनु पर्नेछ । जनताले दैनिक भोगिरहेको समस्या समाधान गर्ने मेरो जिम्मेवारी हो । यसको लागि म पूर्णरुपमा कटिबद्ध भएर लाग्ने छुँ । राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई बलियो बनाउन, समृद्ध नेपाली सुखी नेपालीको आंकाक्षा पूरा गर्नुपर्ने छ ।









प्रतिक्रिया दिनुहोस्