मेरो उम्मेदवारी बाँके जिल्लाको विकासका लागि हो



मेरो उम्मेदवारी बाँके जिल्लाको विकासका लागि हो । समृद्धि र जनताको पहुँचलाई वृद्धि गर्न मेरो उम्मेदवारी हो । बाँकेलाई कृषि, पर्यटन, पूर्वाधार र औद्योगीकरण बनाउन हो । यसलाई पश्चिम नेपालको महŒवपूर्ण केन्द्र बनाउन मेरो उम्मेदवारी हो । मेरो प्रमुख चुनावी एजेण्डा रोजगार र स्वरोजगार सिर्जना गर्ने हो ।

महेश्वरजंग गहतराज अथक, बाम–लोकतान्त्रिक गठबन्धन, प्रतिनिधिसभा,बाँके १

यसका लागि कृषि, पर्यटन र औद्योगीकरणको विकास आवश्यक छ । यस्तै मेरो पहिलो कार्यशालमा सुरु भएका योजना कार्यान्वयन गर्ने र नयाँ रणनीतिक योजना सुचारु गर्ने हो । जनताको प्रतिनिधि र सिंहदरबारको जिम्मेवारी सम्हाल्दै गर्दा बाँके जिल्लाको विकासका लागि मैले धेरै भूमिका खेलेको छँु । यहाँको विकासलाई नयाँ उचाइ दिनु छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार