जनताको आवश्यकताअनुसारको मेरो उम्मेदवारी हो । जनताले खोजेको गास, बास कपास, शिक्षा, स्वास्थ्य र रोजगारी हो । त्यसका लागि हाम्रो उम्मेदवारी हो । बाँके क्षेत्र नम्बर २ मात्रै होइन जितेर जाँदा त सम्पूर्ण नेपालकै कुरा गर्नुपर्छ । विकास हाम्रो मुख्य एजेण्डा हो । अहिलेको परिस्थितिअनुसार जनताले हामीलाई खोजेका छन् ।
बाबु खाँ-जनमत पार्टी, प्रतिनिधिसभा, बाँके २
जनता अहिले परिवर्तन खोजिरहेका छन् । त्यो नेतामा पनि परिवर्तन खोजेका छन् भने विकासमा पनि परिवर्तन खोजेका छन् । जनताले अब नेता पनि बदल्छन् हेर्नुुहोला । जनमत पार्टीले गाउँगाउँमा जनतालाई जगाएको छ । जनताले धेरै कुरा बुझिसकेका छन् । अब चुनावमा पनि उनीहरुले छुट्टै खालको नतिजा दिन्छन् ।
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्