मेरो उम्मेदवारी शिक्षामा सुधारका लागि हो



अहिले उम्मेदवारले भनिरहेका छन् नि म जितेपछि बाटो भवन बनाइदिन्छु । यो त कोही भए पनि नभए पनि गर्नै पर्ने काम हो । यही बनाइदिन्छु भनेर भोट माग्नु जनतालाई ठग्नु हो । मेरो एजेण्डा त शिक्षामा सुधार हुनुप¥यो । विद्यालयमा सबैको पहुँच अझै पुगेको छैन । सरकारी स्कुलका विद्यार्थीहरुले अहिले पनि राम्रो शिक्षा पाइरहेका छैनन् ।

  शमसुल हक राई-स्वतन्त्र, प्रतिनिधिसभा बाँके २

यस्तो अवस्थामा भोलि उनीहरुले बोर्डिङ स्कुलका विद्यार्थीसँग कसरी कम्पिटिसन गर्छन् ? अनि स्वास्थ्यको पनि त्यस्तै अवस्था छ । विल्डिङ बनाएर मात्रै हुँदैन नि । भेरी अस्पतालको सुुविधा कति नराम्रो छ हेर्नुस् । मालपोतमा जानुभयो भने घुस नदिएर काम हुँदैन । मेरो ध्यान यतितिर छ हेर्नुस् । बाटो बनाएर विकास भएको म मान्दिन । जनताले सहज र सुलभरुपमा सेवा सुविधा पाउनुप¥यो । त्यसका लागि आवश्यक नीति बनाउन मेरो उम्मेदवारी हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार