मेरो उम्मेदवारी धर्मको रक्षा र सम्मानका लागि हो । हिन्दु राष्ट्र स्थापनाको लागि आन्दोलन गर्ने, ठाउँठाउँमा गुरुकूल स्थापनाको पहल गर्ने, भ्रष्टाचारको विरोध, कृषकलाई समयमा मल खाद्य, गौ संरक्षण, विकट गाउँहरुमा बाटोघाटो निर्माण, मोटरसाइकल र चार पांग्रे सवारी साधनको कर एक पटकमात्र लिने व्यवस्था गर्ने हाम्रा एजेण्डा छन् ।
दिवाकर खनाल,स्वतन्त्र, प्रतिनिधिसभा बाँके २
यसैगरी धार्मिक पर्यटन, जिम र खेलकुद, डुबानको दीर्घकालीन समाधान, राँझा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, रिङ रोडको निर्माणमा पहललगायतका कामहरु हामीले जितेपछि गर्नेछौँ । धर्मलाई माया गर्ने सबैलाई हामीलाई मतदान गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ ।
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्