मेरो उम्मेदवारी नेपालीलाई बचाउनका लागि हो । नेपालको अर्थतन्त्र धराशायी भइसकेको छ । नेपालगन्ज तस्करीको हव भइसकेको छ । भ्रष्टाचार व्याप्त छ । यसलाई कसरी रोक्ने भन्ने योजना हामीसँग छ । नेपालगन्जबाटै भारतीय नागरिकहरुले सवा अर्ब रूपैयाँ रोजगारीबाट लिएर जान्छन् ।
विनोद अग्रहरी,राष्ट्रिय स्वतन्त्र पार्टी, प्रतिनिधिसभा, बाँके २
तर यहाँका युवाहरु विदेश पलायन हुनु परिरहेको छ । यसको समाधान पनि हामीसँग छ । सूचना प्रविधिसम्बन्धी औपचारिक शिक्षा दिने, प्राविधिक शिक्षा, नेपालगन्जमा दैनिक ३० मिनेट इन्टरनेट सेवा निःशुल्क, शून्य ब्याक्टेरिया भएको खानेपानीको व्यवस्था, एकै किसिमका घर, नेपालगन्जलाई लोडसेडिङमुक्त, नेपालमै एसेम्बल गर्ने औद्योगिक प्रतिष्ठानलाई विशेष छुटलगायतका कामका लागि मेरो उम्मेदवारी हो । मैले बेरोजगारका समस्या समाधानका लागि काम गर्नेछु । नेपालगन्जलाई डिजिटल नेपालगन्जका रुपमा अगाडि बढाउँछु ।
प्रतिक्रिया दिनुहोस्