24 June 2024  |   सोमवार, असार ११, २०८१

मेरो उम्मेदवारी प्राजातान्त्रिक समाजवादका लागि हो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २९, २०७९  

नेपाली कांग्रेसको इतिहास सबैलाई थाहा छँदै छ । अहिलेसम्म जुन उपलब्धिहरु हामीले पाएका छौँ । ती सबै कांग्रेसले सुरु गरेको आन्दोलनको जगमै पाइएका हुन् । अहिले पनि कांग्रेस पार्टीलाई जिताउनुको विकल्प छैन । म पार्टीमा तीन दशकसम्म सक्रिय भएर लागे । अहिले पार्टीले मलाई यो अवसर दिएको छ ।

 


सुदीपनरसिंह राणा,नेपाली कांग्रेस, प्रतिनिधि सभाका उम्मेदवार,बाँके क्षेत्र नम्बर २

प्रजातान्त्रिक समावाद जुन कांग्रेसको लक्ष्य छ, त्यसका लागि मैले लड्ने छुँ । जहाँसम्म स्थानीय विकासका कुरा छन्, त्यसमा कसैले ठूला कुरा गर्छन् होला । म त्यो गर्ने पक्षमा छैन । मैले विकास जहिले पनि पछि परेको ठाउँबाट सुरु गर्नेछु र गरिब जनताका आवश्यकताहरु गास, बास, कपास, शिक्षा र स्वास्थ्यका लागि पहल गर्नेछु । जनताको आवश्यकता र मागअनुसार मैले काम गर्ने हो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २९, २०७९     8:17:53 PM  |