मेरो उम्मेदवारी देशको समृद्धि, प्रगति, सुखी नेपाली र समृद्ध नेपालका लागि हो । भ्रष्टाचारको विरोधका लागि हो । केन्द्रदेखि जिल्लासम्म जुन भ्रष्टाचारको जालो छ त्यसलाई तोड्नका लागि हो । अर्काे हाम्रो मूल एजेण्डा छँदै छ, राजासहितको हिन्दु राष्ट्र, सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र । सबै धर्मको सम्मानका साथ मौलिकतासहितको राज्य हाम्रो लक्ष्य हो ।
डा. धवलशमशेर राणा राप्रपा–एमाले, प्रतिनिधि सभाका उम्मेदवार बाँके क्षेत्र नम्बर २
आधारभूतरुपमा सुशासन, प्रगति, रोजगारी, मल उद्योग, दिल्ली नेपालगन्ज हवाइमार्ग, ग्रामीण स्वास्थ्य, सडक, छात्रा कलेज र कृषिमा सुधारलगायतका एजेण्डा हामीसँग छन् । उपमहानगरपालिकामा मैले काम गरेर देखाइसकेको छुँ । स्थानीय तहमा रहेर मैले जनताको सेवा गरेँ । अब केन्द्रमा गएर देशको सेवाका लागि मैले उम्मेदवारी दिएको हुँ । जनताले त्यसलाई मनन पनि गरेका छन् भन्ने विश्वास लिएको छुँ ।
प्रतिक्रिया दिनुहोस्