मेरो उम्मेदवारी किन ? भन्ने विषयमा हामीले गरेका कामको फेहरिस्त र अब गर्ने कामको लागि ‘१० दृष्टि’ सार्वजनिक गरिसकेका छौँ । मेरो सबैभन्दा मुख्य उम्मेदवारी भनेको सबै समुदायको एकता, सद्भाव र विकासका लागि हो । हामीले विकासलाई नै मुख्य एजेण्डा बनाएर जनतामाझ गइरहेका छौँ, समुदायलाई भाँड्ने गरी होइन । हामीले स्वास्थ्य, शिक्षा, कृषि, खेल, युवा, सामाजिक सुरक्षा, वातावरण, पूर्वाधार विकास, पर्यटन, समुन्नत सहरलाई प्राथमिकतामा राखेर एजेण्डा तय ग¥या छौँ ।
मो. इश्तियाक राई-जनता समाजवादी पार्टी, प्रतिनिधि सभाका उम्मेदवार बाँके क्षेत्र नम्बर २
शिक्षामा स्मार्ट विद्यालय र नमुना विद्यालयको लागि हाम्रो योजना छ भने नमुना स्वास्थ्य संस्था, एमडी तथा एमएस शिक्षणका लागि पहल, स्मार्ट स्कुल, स्मार्ट महेन्द्र बहुमुखी क्याम्पसको स्तरोन्नति, समयमै मल बीउ, किसानको स्तरोन्नति, हरेक वडामा खेल संरचना, स्वरोजगार युवा, पर्यटनको विकास र नेपालगन्ज सहरको व्यवस्थापनका लागि हामीले मत मागिरहेका छौँ ।
प्रतिक्रिया दिनुहोस्