राजनीतिबाट बुवा पुस्तालाई विश्राम गराउन मेरो उम्मेदवारी



राजनीतिबाट बुवा पुस्तालाई विश्राम गराउन मेरो उम्मेदवारी हो । राज्य सञ्चालन प्रक्रियामा युवाहरुको अर्थपूर्ण सहभागिताका मैले उम्मेदवारी दिएको हो । देश विकासमा युवाहरुको भूमिका महत्वपूर्ण छ । त्यसैले मैले युवा केन्द्रित मुद्दासहित चुनावी मैदानमा छु । मेरा धेरै चुनावी एजेण्डा छन् ।

    नोयन्द्र धिताल- जसपा नेपाल- उम्मेदवार बाँके ३

मेरो प्रमुख चुनावी एजेण्डा युवा पलायन रोक्ने र युवाहरुको रोजगारी सिर्जन गर्ने हो । यस क्षेत्रमा २४ वडा छन् । यस क्षेत्रलाई जोड्ने आर्थिक समृद्धि गर्न रिङ रोड बनाउने मेरो प्राथमिकता छ । गुणस्तरीय, शिक्षा, स्वास्थ्य र आधुनिकरण रहेको छ । यस्तै किसानको हितमा काम गर्ने मेरो एजेण्डा हो । कृषि क्षेत्रको व्यवसायीकरण गर्न मैले उम्मेदवारी दिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार