19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

बाँके – ३ लाई समृद्ध बनाउनको लागि मेरो उम्मेदवारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २९, २०७९  

बाँके क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउनको लागि मेरो उम्मेदवारी हो । मैले जितेर संसदमा प्रतिनिधित्व गर्ने अवसर पाए भने सबैभन्दा पहिला म यहाँका जनताका माझ आएर विकास र समृद्धिको खाका तयार गर्नेछु । मैले अहिलेसम्म सामाजिक र राजनीतिक रुपमा सेवा गर्दै आएको छु ।

                                                                                        किस्मत कुमार कक्षपति -नेकपा एमाले – प्रतिनिधि सभा उम्मेदवार बाँके ३

जनता मेरा लागि सर्वोपरी हुन् । त्यसैले मेरो उम्मेदवारी जनताको सेवाको लागि हो । सर्वशुलभ सामुदायिक शिक्षा लागू गर्ने योजना छ । स्थानीय तहको प्रमुखमा रुपमा सुरु भएका र अधुरा योजनालाई पुरा गर्नको लागि मैले उम्मेदवारी दिएको हो । यस क्षेत्रमा पर्ने स्थानीय तहले अघि सारेका गौरवका आयोजनालाई पूर्णता दिने मेरो प्रमुख प्राथमिकता हो । म यहीँ माटोको मान्छे हुँ । यहाँको विकास गर्न चाहन्छु ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २९, २०७९     7:46:14 PM  |