जनताका आधारभूत आवश्यकता पूर्तिका लागि मेरो उम्मेदवारी



मेरो उम्मेदवारी जनताका आधारभूत आवश्यकता पूर्तिका लागि हो । देशको राजनीतिक अवस्थाका कारण जनतामा निराशा छायो । जनताको अपेक्षा अनुसार व्यवस्था बदलिएपनि अवस्था बदलिन सकेन । जनताको जनजिविकाको विषयमा बोल्ने कोही पनि भएन ।

      देवेन्द्रनाथ शुक्ला- राष्ट्रिय स्वतन्त्र पार्टी- उम्मेदवार बाँके ३
जनतालाई आवश्यक पर्ने, मल, वीउ पाउँदैनन् । उनीहरुका साना साना समस्या समाधान गर्ने उद्देश्यले मेरो उम्मेदवारी हो । गुणस्तरीय विकास हुन सकेन । दीर्घकालीन विकासको खाका तयार गर्नको लागि म चुनावी मैदानमा होमिएको हो । जनताको जिम्मेदवारी लिएर काम गर्नको लागि हो । जनभावना अनुसार काम गर्ने हाम्रो मूख्य प्राथमिकता हुनेछ । जनताको प्रतिनिधिको रुपमा भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने हाम्रो एजेण्डा हो । देशको मुहार फेर्ने हाम्रो योजना रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार