21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

बाजुरामा ४.१ म्याग्निच्युडको भूकम्प

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक २४, २०७९  

बाजुरा ।

बाजुराको काँडा क्षेत्र केन्द्र भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्र भएर आज बिहान ५ बजेर १३ मिनेटमा भूकम्प गएको हो।

४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।

यसअघि खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टरस्केलको भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा छ जनाको मृत्यु भएको थियो। आठ जना घाइते भएका थिए।

प्रकाशित मितिः बिहिबार, कार्तिक २४, २०७९     10:57:03 AM  |