22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक २४, २०७९  

बाँके ।

प्रमोद धिताललाई सर्वोच्च अदालतले भेरी अस्पताल विकास समितिको अध्यक्षकै हैसियतमा काम गर्न बाटो खोलिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत भदौ ६ गते अध्यक्ष धिताललाई हटाएर उनको ठाउँमा अहमद जसगढलाई नियुक्त गरेको थियो ।

धितालले आफ्नो कार्यकाल बाँकी हुँदाहुँदै मन्त्रालयले आफूलाई हटाएर अर्को अध्यक्ष नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै धिताललाई यथावत काम गर्न दिनु भनेको हो ।

धिताललाई २०७७ साल जेठ १४ गते सरकारले भेरी अस्पताल विकास समितिको अध्यक्षमा तीन वर्षका लागि नियुक्त गरेको थियो । अदालतको आदेशसँगै उनले समितिको अध्यक्षको कार्यभार फेरि सम्हालिसकेका छन् ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २४, २०७९     9:03:50 AM  |