प्यूठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु



प्यूठान ।

प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। गए राति करिब १२ बजेतिर जिप दुर्घटनामा परेको थियो। उनीहरू पूर्णिमा मेला हेर्न जाँदै थिए।

लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा मैयाँ घर्ती, खुमान थापा र जुनकी थापाको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ।

प्यूठान नगरपालिका ५ खैराबाट जिप पूर्णगाउँ जाँदै गर्दा दुर्घटनामा परेको थियो। जिप अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

जिपका चालक विनोद केएम फरार छन्। जिपमा १७ जना थिए।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २३ गते बुधबार