नेपालगन्ज (बाँके) ।
जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डे तीन बर्से विद्यावारिधिका लागि उत्कृष्ठ १० भित्र परेका छन् । नेपाल संस्कृत विश्व विद्यालय दाङले शोध प्रस्तावहरु विशेषज्ञ विद्वानहरुबाट मूल्यांकन गरेको थियो । उक्त मूल्यांकनमा पाण्डे उत्कृष्ट १० जनाभित्र परेका हुन् ।
पाठ्यक्रममा आधारित तीन वर्षीय विद्यावारिधिको लागि २०७८ मंसीरमा सार्वजनिक सूचना जारी गरेर शोध प्रस्तावहरु संकलन गरिएको थियो । उक्त विश्व विद्यालयले कात्तिक १६ गते योग्यताक्रममा आधारित नतिजा सार्वजनिक गरेको छ ।
पाण्डेले ‘चाणक्य नीति सुत्रमा वर्णित नैतिकता, सदाचार र सुशासनको आधुनिक समाजमा प्रयोग’ शीर्षकमा विद्यावारिधिको लागि प्रस्ताव पेस गरेका थिए ।
यस अध्ययनमा आधुनिक समाजमा चाणक्य नीतिमा उल्लेखित नैतिक मूल्यहरुको खोजी र तिनको व्यवहारिक अनुसरणका बारेमा विश्लेषण गरिने पाण्डेले जनाए । चाणक्य नीति–सुत्रको अनुसरणलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा समेत चर्चा गरिने उनको भनाइ छ ।
तातोपानी गाउँपालिका वडा नम्बर ४ गिडीखोला जन्मेका पाण्डे हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ चन्दननाथ टोलमा बस्दै आएका छन् । पाण्डे २७ वर्षदेखि नेपाल सरकारको कर्मचारीको रूपमा राष्ट्र सेवामा संलग्न छन् ।
उनी नेपाल सरकारबाट हालै ५० हजार राशीको निजामती सेवा पुरस्कारबाट समेत सम्मानित भएका छन् । विकास तथा लोक संस्कृतिका क्षेत्रमा दर्जनौं पुरस्कार उनले प्राप्त गरिसकेका छन् । प्राप्तगर्नुका साथै सयौ लेख रचनाप्रकाशन समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्