रुस ।
युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्न जी–सेभेन देशहरुले समन्वय संयन्त्र बनाउने भएका छन् ।
विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको सङ्कट समाधान गर्न तत्परता देखाएका हुन् । जी–सेभेन देशका विदेश मन्त्रीहरूद्वारा जारी विज्ञप्तिमा युक्रेनमा देखिएको चरम ऊर्जा, पानी र पूर्वाधारको मर्मत, पुनर्स्थापना र रक्षा गर्न समन्वय संयन्त्र स्थापना गर्न लागेको उल्लेख छ ।
रुसलाई तत्काल युद्ध रोक्न र सैन्य सामग्री फिर्ता लिन पनि उनिहरुको आग्रह छ । रुसको पछिल्लो आक्रमणबाट युक्रेनमा झण्डै ४० प्रतिशत ऊर्जा क्षेत्र तहसनहस भएको छ ।
जी–सेभेन राष्ट्रहरू शान्ति र स्थिरतासँगै सबै क्षेत्रमा देखिएको विवादको शान्तिपूर्ण समाधान खोज्नुपर्ने पक्षमा रहेको विज्ञप्तिमा उल्लेख छ । जी सेभेनमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका र युराेपेली युनियन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्