21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

कोहलपुरबाट चोरीको मोटरसाइकलसहित तीनजना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १९, २०७९  

बाँके ।

इलाका प्रहरी कार्यालय कोहलपुरले मोटरसाइकल चोरीमा संग्लन रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।

जानकी गाउँपालिका–५ बुढीहा गाउँका ३५ वर्षीय मेहबुब ठाकुर, सोही ठाउँका ३५ वर्षीय फारुक खान भन्ने फकरुदिन खान र ४० वर्षीय साकिर अली साईलाई प्रहरीले प्रक्राउ गरेको हो ।

जानकी गाउँपालिका–६ का दिपेन्द्रकुमार बर्माको घरको बरण्डमा पार्किङ गरिराखेको चोरी भएको मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तीनैजनालाई चोरी भएको भे१०प ३८७९ नम्बरको मोटरसाइकलसहित रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले जानकारी दिए । तीनैजनालाई चोरीको मोटरसाइकलसहित नै भोलिपल्ट रंगेहात पक्राउ गरिएको डिएसपी मल्लले जानकारी दिए ।

‘चोरीको भएको खबर तत्कालै हामीलाई आएपछि विशेष प्रहरी टोली परिचालन गरेका थियौं,’ उनले भने, ‘चोरीको मोटरसाइकलसहित नै तीनैजना पक्राउ परे ।’ पक्राउ परेका तीनैजनालाई जिल्ला अदालत बाँकेबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक १९, २०७९     9:33:41 AM  |