21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन लागिपर्न नमुनाको आग्रह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १९, २०७९  

बाँके ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ भवानियापुर र वडा नम्बर ५ बिनौनामा बाम–लोकतान्त्रिक गठबन्धनले संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा ल्याएको छ । गठबन्धनको निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गत शुक्रबार वडा स्तरीय संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालन आएका हुन् ।

कार्यालयको गठबन्धनबाट क्षेत्र नम्बर १ (क) की उम्मेदवार कृष्णा केसी (नमुना)ले उद्घाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै उम्मेदवार नमुनाले गठबन्धनमा रहेका उम्मेदवारलाई विजयी गराउनको लागि लागिपर्न गठबन्धनमा आबद्ध रहेका दलका नेता कार्यकर्तालाई आग्रह गरेकी थिइन् ।

अघिल्लो कार्यकालमा समेत आफुले राप्ती सोनारी र नरैनापुरको विद्युतीकरण, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस राप्तीसोनारीकामहिला नेतृ संगिता चौधरी, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि पवन शाह लगायतका गठबन्धनमा आवद्ध रहेका दलहरुका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, कार्तिक १९, २०७९     8:49:49 AM  |