16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

घट्यो डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक १६, २०७९  

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६२ पैसा कायम गरिएको छ। मंगलबारको तुलनामा आज डलरको भाउ घटेको छ। मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम गरिएको थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १३१ रुपैयाँ ७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ६७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ १२ पैसा र बिक्रीमा ८५ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५ रुपैयाँ २९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ११ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रुपैयाँ ८७ पैसा र बिक्रीमा २८ रुपैयाँ पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ४३ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २२ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८१ पैसा तोकिएको छ।

प्रकाशित मितिः बुधबार, कार्तिक १६, २०७९     10:54:23 AM  |