सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ खरिद–बिक्री?



काठमाडौं ।

नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य सोमबार भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि चाँदी सोही मूल्यमा खरिद–बिक्री भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक १४ गते सोमबार