काठमाडौं ।
हिन्दु सेना सम्राट् नामको संगठनले निकालेको मार्च पासमा झडप भएपछि स्थानीय प्रशासनले महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
दुई पक्षबिच भएको झडपले उग्र रूप लिएपछि स्थानीय प्रशासनले चार बजेदेखि अनिश्चितकालिन समयका लागि सो क्षेत्रमा कर्फ्यु जारी गरेको हो।
हिन्दु सेना सम्राट्का कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबिच दिनभर झडपहुँदा १० जना बढी घाइते भए।
आज बिहान करिब १० बजेतिर हिन्दु सेना सम्राट्ले मार्च पास निकालेको थियो। मार्चपास वडा नम्बर ८ स्थित पररियामा पुगेपछि दुवै समूहबिच झडप भएको थियो।
अवस्था तनावग्रस्त भएपछि प्रहरीले ३२ राउन्ड बढी हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो। अहिले अवस्था सामान्य रहे पनि पुन हिंसा भड्कने जोखिम देखेर स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको बताएको छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सार्वजनिक गरेको सूचनामा साँझ ४ बजेबाट अनिश्चितकाका लागि पररिया क्षेत्र, ब्रम्हस्थान पररिया, धर्मपुर दक्षिणको भाग, लोहारपट्टी, बगौडाचोक क्षेत्रमा कर्फ्यु जारी गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्