19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ८, २०७९  

वीरगञ्ज ।

पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नं.२ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो ।

असोज ५ गते बिहान ०७:१७ बजे पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. ५ बस्ने ३५ वर्षीय ललन प्रसाद यादवले चलाएको ना.१३प३५४४ नं. को मोटरसाइकलले ठक्करबाट कुर्मी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारार्थ कलैया अस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो ।

थप उपचारको लागि साढे ८ बजे एल.एस.न्युरो अस्पतालमा रिफर गरिएको थियो । उपचारको क्रममा उनको सोमबार अपराह्न पौनै ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

यादव मंसिर-४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि छनौट भएको म्यादी प्रहरी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मितिः मङ्लबार, कार्तिक ८, २०७९     9:07:56 AM  |