16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बबई नदीमा बेपत्ता २ किशोरी भेटिएनन्, नेपालगञ्जबाट गोताखोर जाँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक ६, २०७९  

तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुर नजिकै बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरी फेला पर्न सकेका छैनन् ।

बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो १ बजे दंगिशरण गाउँपालिका–२ की १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर गाउँपालिका– १ की १४ वर्षीया गोमा चन्द डुेबर बेपत्ता भएका थिए।

डुबेर बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरेका थिए । तर रात परेपछि उनीहरूको खोजि गर्न नसकिएको र आज ९आइतबार० पुनस् खोजी गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

उनका अनुसार बबई नदी गहिरो रहेकाले बेपत्ता किशोरीहरुको खोजी कार्यमा कठिनाइ भइरहेको छ । आज आइतबार नेपालगञ्जबाट गोताखोरको टोली बोलाएर किशोरीहरूको खोजी गरिने डिएसपी मल्लले बताए ।

प्रकाशित मितिः आइतवार, कार्तिक ६, २०७९     9:05:12 AM  |